९ आश्विन २०८०, मंगलबार | September 26, 2023

नेप्सेमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रू दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी रू नौ करोड १३ लाख दुई हजार आठ सय आठ, सोल्टी होटल रू आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर रू आठ करोड ३८ लाख २९ हजार पाँच सय ६१ र नेपाल पूर्वाधार बैंक रू सात करोड ८८ लाख ८४ हजार चार सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले पाँच दशमलब ९९ प्रतिशतले कमाएका छन् ।
यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ दशमलव ४०, न्यादी हाइड्रोपावर पाँच, नयाँ सारथी लघुवित्त चार दशमलव ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त चार दशमलव ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले चार दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : १२ बजे

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा