५ श्रावण २०८३, मंगलबार | July 21, 2026

परिकल्पना गरिएको १९ वर्ष पछि बुटवलबाट बसन्तपुर केवलकारमा सरर…



बुटवल । कार्य आरम्भ भएको १९ वर्षपछि बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको प्रतिक्षा पुरा भएको छ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार गणतन्त्र दिवसको अवसर पारेर भोलिबाट व्यवसायीकरुपमा संचालनमा आउने भएको छ ।

निर्माणका सम्पूर्ण कामहरु सम्पन्न भएर भोलि जेठ १५ गतेबाट ब्यवसायीकरुपमा संचालनमा आउने लुम्बिनी केवलकार प्रा.लिका अध्यक्ष चन्द्र ढकालले बताए । आज पत्रकारसम्मेलन गर्दै अध्यक्ष ढकालले राजधानी स्थानान्तरण भएर निरास भएको बुटवललाई केवलकार संचालनले मल्हम लगाउने अपेक्षा गरे । उनले राजधानी अन्यत्र जानु, निर्माण भएर अन्तरराष्ट्रिय विमानस्थल नचल्नु, अन्तरराष्ट्रिय सम्मेलन केन्द्रले काम नपाउने अवस्थामा केवलकारले बुटवलको पर्यटनमा टेवा पुग्ने दाबी गरे । उनले आन्तरिक, भारतीय र संसारभरका बुद्धधर्मका अनुयायीकहरुलाई लक्षित गरेर केवलकार स्थापना गरिएको बताए । अध्यक्ष ढकालले नेपालमा सामान्यतयाः १२ दिन विदेशी पर्यटकहरुले रात विताउने गरेकोमा आफुहरुले बढाएर १९ दिन पु¥याउने लक्ष्यका साथ कम गरिरहेको बताए ।

पर्यटकहरुका लागि १५० बेडको सुबिधासम्पन्न होटल, क्यासिनो, ७०० बढी क्षेमताको सभाहल सहितको सुबिधा समेत प्रयोग गर्न सकिने गरि तयारी गरिएको उनले बताए । गर्मियाममा भारतीय पर्यटकको उल्लेख्य उपस्थित हुने उनले अपेक्षा गरे ।

केबुलकारको आधार स्टेसन बुटवलको वडा नं. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केवलकारको लम्बाई २ दशमलव छ किलोमिटरको हुनेछ ।

केवलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केवलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।

केपलकार सहित समग्र आयोजनामा करिब रु पाँच अर्ब लगानी भएको बताइएको छ । जसमा शर्मा एण्ड कम्पनी र स्थानीय शेयरको ४९ प्रतिशत र आईएमई ग्रुपको ५१ प्रतिशत शेयर रहेको छ ।

१५ गतेबाट ब्यवसायीक सेवा प्रारम्भ भएपनि जेठ २५ गते प्रधानमन्त्री प्रचण्डबाट केवलकारको औपचारिक उदघाटन हुने अध्यक्ष ढकालले बताए । केवलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । १९ वर्ष पहिले स्थानीय व्यवसायीहरुले बुटवल हिल्सको परिकल्पना गर्दैै केवलकारको योजना बनाएपनि आईएमई समुहको २ वर्ष अघिको उपस्थितीबाट मात्र केवलकार निर्माणले गति लिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : ०३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं