८ बैशाख २०८१, शनिबार | April 20, 2024

परिकल्पना गरिएको १९ वर्ष पछि बुटवलबाट बसन्तपुर केवलकारमा सरर…



बुटवल । कार्य आरम्भ भएको १९ वर्षपछि बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको प्रतिक्षा पुरा भएको छ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार गणतन्त्र दिवसको अवसर पारेर भोलिबाट व्यवसायीकरुपमा संचालनमा आउने भएको छ ।

निर्माणका सम्पूर्ण कामहरु सम्पन्न भएर भोलि जेठ १५ गतेबाट ब्यवसायीकरुपमा संचालनमा आउने लुम्बिनी केवलकार प्रा.लिका अध्यक्ष चन्द्र ढकालले बताए । आज पत्रकारसम्मेलन गर्दै अध्यक्ष ढकालले राजधानी स्थानान्तरण भएर निरास भएको बुटवललाई केवलकार संचालनले मल्हम लगाउने अपेक्षा गरे । उनले राजधानी अन्यत्र जानु, निर्माण भएर अन्तरराष्ट्रिय विमानस्थल नचल्नु, अन्तरराष्ट्रिय सम्मेलन केन्द्रले काम नपाउने अवस्थामा केवलकारले बुटवलको पर्यटनमा टेवा पुग्ने दाबी गरे । उनले आन्तरिक, भारतीय र संसारभरका बुद्धधर्मका अनुयायीकहरुलाई लक्षित गरेर केवलकार स्थापना गरिएको बताए । अध्यक्ष ढकालले नेपालमा सामान्यतयाः १२ दिन विदेशी पर्यटकहरुले रात विताउने गरेकोमा आफुहरुले बढाएर १९ दिन पु¥याउने लक्ष्यका साथ कम गरिरहेको बताए ।

पर्यटकहरुका लागि १५० बेडको सुबिधासम्पन्न होटल, क्यासिनो, ७०० बढी क्षेमताको सभाहल सहितको सुबिधा समेत प्रयोग गर्न सकिने गरि तयारी गरिएको उनले बताए । गर्मियाममा भारतीय पर्यटकको उल्लेख्य उपस्थित हुने उनले अपेक्षा गरे ।

केबुलकारको आधार स्टेसन बुटवलको वडा नं. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केवलकारको लम्बाई २ दशमलव छ किलोमिटरको हुनेछ ।

केवलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केवलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।

केपलकार सहित समग्र आयोजनामा करिब रु पाँच अर्ब लगानी भएको बताइएको छ । जसमा शर्मा एण्ड कम्पनी र स्थानीय शेयरको ४९ प्रतिशत र आईएमई ग्रुपको ५१ प्रतिशत शेयर रहेको छ ।

१५ गतेबाट ब्यवसायीक सेवा प्रारम्भ भएपनि जेठ २५ गते प्रधानमन्त्री प्रचण्डबाट केवलकारको औपचारिक उदघाटन हुने अध्यक्ष ढकालले बताए । केवलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । १९ वर्ष पहिले स्थानीय व्यवसायीहरुले बुटवल हिल्सको परिकल्पना गर्दैै केवलकारको योजना बनाएपनि आईएमई समुहको २ वर्ष अघिको उपस्थितीबाट मात्र केवलकार निर्माणले गति लिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : ०३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल