८ चैत्र २०८२, आइतबार | March 22, 2026

परिवर्तनलाई स्वीकार गर्न नचाहनेहरुबाट संविधान र गणतन्त्रलाई कमजोर पार्ने कुचेष्टा भईरहेको छ : प्रदेश सभामुख घर्ती



बुटवल । १६ औं गणतन्त्र दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको परिणाम भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै सभामुख मगरले गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, जनआन्दोलन एवं विभिन्न चरणका संघर्षहरुमा बलिदानी दिने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले घाइते तथा अपाङ्गता भएकाहरु, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान पनि सन्देशमा व्यक्त गरेका छन् । सोमवार विहान जारी गरिएको शुभकामना सन्देशमा सभामुख घर्ती मगरले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको परिणाम भएको उल्लेख गर्दै विभिन्न कालखण्डमा विभिन्न प्रकारका शासन व्यवस्थालाई अंगिकार गरेको तर ति व्यवस्थाले जनताकोे भावना र विचारलाई कदर गर्न नसकेकै कारण सबै क्षेत्र, वर्ग र समुदायको आशा र विश्वासको धरोहरको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थाको शुरुवात भएको जनाएका छन् ।

सभामुख घर्ती मगरले जनताले गणतन्त्रको अनुभूति गर्न पाउने गरी काम गरेर देखाउनु पर्ने चुनौती र बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने, संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरे अनुसार कार्यान्वयन गर्नु र गराउनु सबैको दायित्व भएको सन्देशमा उल्लेख गरेका छन् ।

उनले परिवर्तनलाई स्वीकार गर्न नचाहनेहरुबाट यो या त्यो वहनामा संविधान र गणतन्त्रलाई कमजोर पार्ने कुचेष्टा भईरहेको पनि जनाएका छन् । ‘गणतन्त्र र संविधानमाथि प्रहार हुन सक्नेप्रति सचेत भई गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी रहेको छ,’ उनले सन्देशमा लेखेका छन्, ‘संविधानको मर्म र भावना अनुसार अघि बढ्दै गणतन्त्र र संविधानको रक्षाको लागि एकजुट भई यसमा समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना सहित सम्पूर्णमा १६ औं गणतन्त्र दिवसको पुनः शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : ५७ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली