३ चैत्र २०८२, मंगलबार | March 17, 2026

खबरकुरा खोजमुलक पत्रकारिता गर्ने विश्वसनीय अनलाइनमा उभिन सकोस : विष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले खोजमूलक पत्रकारिता गर्ने विश्वसनीय अनलाइनको रुपमा खबरकुरा डट कमले आफुलाई उभ्याउन सक्नेछ विश्वास समेत व्यक्त गरेका छन् ।

उपाध्यक्ष पौडेलले खबरकुराको तेस्रो वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै पौडेलले अनलाइन मिडियाको विश्वसनीयता र गुणस्तरको विकासमा नेतृत्वदायी भूमिका खेलोस् भन्ने कामना गरेका छन् ।

खबरकुराको गतिविधि र सूचना एवं समाचारहरुलाई नजिकबाट नियालीरहेको बताउँदै पौडेलले सही निर्णयहरुका पक्षमा उभिएर पत्रकारिता जगतले पनि मुलुकको सम्मृद्धिका लागि योगदान गर्न सक्नुपर्ने बताएका छन् ।

पौडेलले भनेका छन् ‘पछिल्ला दिनहरुमा मुलुकमा अनलाइन मिडियाहरुको बाढी नै आएको छ । छिटो र छरितो सूचना प्रदान गरेर अनलाइन मिडियाहरुले महत्वपूर्ण योगदान पुयाइरहेका छन् तथापी प्रतिस्पर्धाको दौडमा कहिले काही सही सूचना दिनबाट चुकेका दृष्टान्तहरु पनि प्रशस्त छन् । यसरी ठूलो संख्यामा विकास भएको अनलाइन मिडियाहरुको भिडमा पृथक र खोजमूलक पत्रकारिता गर्ने विश्वसनीय अनला रुपमा खबरकुरा डट कमले आफुलाई उभ्याउन सक्नेछ भन्ने विश्वास समेत व्यक्त गर्न चाहान्छु ।’

शुभकामना सन्देशमा उपाध्यक्ष पौडेलले नेपालको संविधानले प्रत्याभूत गरेका अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र आमसंचार सहित मौलिक हक कार्यान्वयनमा आफुहरु पूर्ण प्रतिबद्ध रहेको जनाएका छन् । ‘लोकतन्त्र र समतामुलक राज्य निर्माण गर्न पत्रकारिता क्षेत्रले खेलेको भूमिका पनि महत्वपूर्ण छ भन्ने कुरामा हामी प्रष्ट छौं’, पौडेलले भनेका छन्, ‘आगामी दिनहरुमा पनि आमसंचार जगतले निस्पक्ष र सत्य एवं विश्वसनीय सन्तुलित व्यवसायिक तथा जिम्मेवार भई ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय आकांक्षा साकार पार्न महत्वपूर्ण योगदान गर्नेछ भन्ने कुरामा पूर्ण विश्वस्त छु ।’

 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : ४५ बजे

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना