३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

मन्त्रिपरिषद्बाट बजेट स्वीकृत



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृति गरेको जानकारी दिनुभयो । “आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ”, उहाँले भन्नुभयो ।

आजै अपराह्न ४ बजे बस्ने संसद्को बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट पेस गर्दै छन् । त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी जेठ १७ देखि हुन लागेको छिमेकी मुलुक भारत भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित पाँच मन्त्रीको भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री नेतृत्वको टोलीको भारत भ्रमणसम्बन्धी मन्त्रिपरिषद्ले आज औपचारिकरुपमा स्वीकृत गरेको छ ।”

हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ४ : २६ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन