१ पुस २०८२, मंगलबार | December 16, 2025

बजेटमा रुपन्देहीको कृषि उपज केन्द्र



रुपन्देही । बुटवलमा निर्माणको तयारी गरिएको कृषि उपज केन्द्रलाई सरकारले बजेटमा समावेश गरेको छ । बुटवल उपमहानगरको सेमलारमा रु दुई अर्बभन्दा बढी लगानीमा आधुनिक कृषि बजार निर्माण हुन लागेको हो ।

स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल उपमहानगर-१५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।

रुपन्देहीको सैनामैना र बुटवलको बीचमा एकीकृत थोक कृषि बजार निर्माण हुने भएको छ । बुटवलमा रहेको कृषि थोक बजार केन्द्र साँँघुरो भएपछि बुटवल-१६ र सैनामैना-१ को बीच भागमा पर्ने डहरगाउँ कर्साघाटमा ग्रिनपार्क बनाइने भएको हो । सङ्घीय सरकारले दुई नगरसँगको सहकार्यमा अत्याधुनिक एकीकृत कृषि बजार निर्माण लागेको हो ।

नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज सङ्कलन, प्रशोधन, बिक्री वितरण र भण्डारणका लागि वातावरणीय जोखिम मूल्याङ्कन गर्ने काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए ।

नेपाल सरकारले नेदरल्यान्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणका लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनका लागि अनुदान सम्झौता भएको थियो ।

सो बजारमा एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने प्रस्ताव छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज