१७ श्रावण २०८३, आइतबार | August 3, 2026

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस



खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम गरि मनाएको छ ।

गणतन्त्र प्राप्ति पछिका उपलव्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौं भन्ने मुल नाराका साथ खजुरा गाँउपालिकाले १६ औ गणतन्त्र दिवस मनाएको हो । आज बिहान सोही अवसरमा बृहद प्रभातफेरि गरिएको थियो ।

खजुराका राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु सहित बाक्लो उपस्तिथि रहेको र्‍यालीले खजुरा बजार परिक्रमा पछि धनौलीमा रहेको सहिद सेतु बिकको सालिकमा माल्यार्पण गरि समापन भएको थियो ।

गणतन्त्र दिवसको अवसरमा ओयोजित कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएकाले सम्पुर्ण जनताले यसबाट परिवर्तन महसुस गर्नुपर्ने बताए ।

‘जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति हुने छैन,’ अध्यक्ष बिकले भने ।

गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई अझ बढी संस्थागत गर्नुपर्नेमा उनले जोड दिए । उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न खजुरा गाँउपालिकाले योजनागत कार्यक्रम लिएर अगाडि बढ्ने अध्यक्ष बिकले बताएका थिए ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्द, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय अगुवाहरुले गणतन्त्र दिवसका अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १० : ११ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले