६ पुस २०८२, आइतबार | December 21, 2025

गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लियोः अध्यक्ष विजुक्छें



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिएको बताएका छन् ।

गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो ।भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शव्द दोह्याएका उनले एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँंदा देश यो स्थितिमा पुगेको उनको भनाइ छ ।

एउटा राजाको ठाउँंमा धेरै राजाहरुले ठाउँं लिंदै आएको बताउँंदै आएका उनले अपराधीहरुको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ती अपराधीहरुले नै देशलाई, जनतालाई दोह्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : ४२ बजे

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान