५ पुस २०८२, शनिबार | December 20, 2025

संसदीय सुनवाइ समितिको पहिलो बैठक, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित



काठमाडौं । संसदीय सुनवाई समितिको बैठक सुरु बसिरहेको छ ।

समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन् ।

बैठकलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले समितिमा सुनुवाइका लागि आएका व्यक्तिहरुबाट गम्भीरतापूर्वक छलफल गर्न आग्रह गरे । संवैधानिक परिषद्ले पठाएको नाममाथि छानविनसहित छलफल गरेर अनुपयुक्त लागे फिर्ता पठाउन सक्ने हैसियत समितिले बनाउनुपर्ने उनले सुझाव दिए ।

सभामुखले संसदीय समितिको सभापति चयन गर्नका लागि एक हप्ताको समयसिमा तोकिदिएका छन । उनका अनुसार एक हप्ता भित्र संसदीय समितिको सभापति सहमतिको आधारमा चयन हुन नसके निर्वाचन प्रक्रियावाट भए पनि टुंग्याउनु पर्ने उनको सुझाव रहेको छ।

१५ सदस्यीय सुनुवाइ समितिले आइतबार मात्र पूर्णता पाएको थियो । समितिमा
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका ५ जना, नेकपा माओवादी केन्द्रका २ जना, रास्वपा, राप्रपा र जसपाका १ जना सांसदको प्रतिनिधित्व छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ९ : १० बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र