११ बैशाख २०८१, मंगलबार | April 24, 2024

चार नेपालीलाई भारत गौरव सम्मान



काठमाडौं । । भारतमा चार नेपाली युवा ‘भारत गौरव सम्मान–२०२३’ बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, गायक एवम् संगितकार विनोद ढकाल, मोडल एवम् अभिनेत्री नितु कोइराला र समाजसेवी सुशिला थापा रहेका छन् ।

उनीहरुलाई विश्व मानव अधिकार परिषदले आइतबार सम्मान गरेको हो । लखनऊस्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत विभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा कश्मिरका आइजिपी कार्फ एमएस भाटिया, आइपिएस डिआईजी सभाराज, सुजितकुमार सिंह, आइपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाइफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो ।

उनीहरुलाई भारतीय टेलिभिजन कलाकार रेखा शर्मा, सामाजिक अभियन्ता एवम् कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगायतले सम्मान र अवार्ड प्रदान गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ११ : ४१ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना