२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सुर्तीजन्य पदार्थ निषेधित तिलोत्तमा र सिद्धार्थनगरलाई सम्मान



बुटवल । सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित गरेको भन्दै नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले जिल्लाका दुई पालिकालाई सम्मान गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरेको हो ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईँ र संस्थाका अध्यक्ष खिमबहादुर हमालले यी दुई नगरपालिकालाई सम्मान गरेका छन् ।

त्यसैअवसरमा संस्थाले संस्थाका सदस्य तथा सल्लाहकार प्रवल जनसेवा श्रीबाट विभूषित निर्मलप्रसाद लाकौल, लायन्स क्लव डिष्ट्रिकमा निर्वाचित फष्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सुभयात्रा संस्थाका अध्यक्ष मधुसुदन गैरे र जिल्ला वचत तथा ऋण सहकारी संस्था रुपन्देहीका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक चपाईँले मानव स्वास्थ्यलाई ध्यान दिएर सुर्तीजन्य पदार्थ विरुद्धको कानुनलाई कडाईका साथ कार्यान्वयन गर्न जिल्लाका पालिकाहरुलाई आग्रह गरे । उनले तिलोत्तमा र सिद्धार्थनगरले सुर्तीजन्य पदार्थ निषेध गरेकामा धन्यवाद व्यक्त गर्दै निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई संगसंगै अगाडि बढाउन सुझाव दिए । जिल्लाका अरु पालिकालाई पनि सुर्तीजन्य पदार्थ विरुधको अभियानमा लाग्न उनले आग्रह गरे ।

तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरी क्यान्सर मुक्त समाज निर्माणको अभियानमा अग्रसर रहेकोले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निशेधित गरेका तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरिएको नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले बताए । उनले यो कामको लागि नागरिक स्तरबाट पनि प्रोत्साहन मिलोस् र अरु पालिकालाई पनि प्रेरणा मिलोस भन्नको लागि सम्मान गरिएको भनाई राखे ।

सम्मानित तिलोत्तमा नगरपालिकाका प्रतिनिधि वडा अध्यक्ष गणेश पाठकले नगरपालिकालाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद दिदै सम्मानले नगरपालिकालाई थप प्रेरणा र हौषला मिलेको बताए ।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा प्रत्येक ८ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको वालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए । उनका अनुसार सबैजसो क्यान्सरमा सुर्तीजन्य पदार्थको सेवनले प्रत्येक्ष सम्बन्ध राख्छ । सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्सेनि १५ हजार मानिसको मृत्यु हुने गरेको छ ।

सुर्तीजन्य पदार्थ नियमन, नियन्त्रण ऐन कार्यान्वयनका लागि संस्थाले जिल्ला प्रशासन तथा पालिकाहरुलाई ध्यानाकर्षण गराईएको र संस्थाको सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सहयोग मिलेको नेपाल अर्वुद रोग निवारण संस्थाका सचिव प्रजापाल गिरीले बताए ।

रुपन्देहीका २ पालिकाले कार्यपालिका स्तरबाट ती पालिकाहरुमा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा प्रतिबन्ध लगाएपनि संघीय कानुन अन्तर्गत अन्तशुल्कबाट अनुमतिपत्र प्राप्त व्यवसायीहरुले भने ती मालवस्तुको कारोबार जारी राखेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ५ : २३ बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०