१६ भदौ २०८३, मंगलबार | September 2, 2026

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान



काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गमा रातको समयमा फसेका यात्रुलाई उद्धार गर्ने सशस्त्र प्रहरी टोलीलाई आज एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।

बिपी राजमार्गअन्तर्गत रोशी(७ लास्कोट र घुमाउने खोलाबीच पाँच माइक्रोबसमा फसेका ८९ यात्रुको जोखिम मोलेर उद्धार गर्ने सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका अवसरमा नगदसहित आज सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सहायक निरीक्षक भरत न्यौपाने, हवल्दारद्वय श्रीकृष्ण कार्की र बुद्धि खड्का, सहायक हवल्दारद्वय किरण कुँवर र अशोकजंग दनुवार रहेका छन् । उनीहरूले उद्धार कार्यमा देखाएको साहस, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वाटरले जनाएको छ ।

उक्त कार्य सशस्त्र प्रहरी बल, नेपाल नं १५ गणपति प्रहरी उपरीक्षक माधव रेग्मीको नेतृत्वमा गरिएको थियो । त्यस्तै, कार्यक्रममा पाँचखाल चौकी इन्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङ र इलाका प्रहरी कार्यालय देवीटारका इन्चार्ज इन्द्रबहादुर राउतलाई पनि सम्मानित गरिएको छ । उनीहरूलाई प्राकृतिक विपद्का बेला उद्धार कार्यमा समन्वयात्मक भूमिका खेलेवापत सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरी सङ्गठनको भूमिका, विपद् व्यवस्थापन र नागरिक सुरक्षामा योगदानबारे चर्चा गर्दै अनुशासन र जनसेवामा थप सक्रिय हुनुपर्ने बताए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै थप सक्रियताको अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ९ : ५८ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि