३ चैत्र २०८२, मंगलबार | March 18, 2026

भारत भ्रमणको क्रममा नराम्रो केही नगर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रणको क्रममा आफुले नराम्रो केही नगर्ने प्रष्ट पारेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ट कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताए । उनले भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मात्र आफूले चाहेको बताए ।

प्रचण्डले विद्युत, सीमा, पारवहन लगायतका विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताए ।

’देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने संकल्प गरेको छु । केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु,’ उनले भने ।

प्रचण्डले पार्टीलाई राजनैतिक, वैचारिक, सांगठनिक र सांस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौती रहेको बताए। ‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडहरुलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन,’ उनले भने ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन बिचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए ।

उनले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको स्पष्ट गरे ।

प्रचण्डले भने, ‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं ।’ प्रधानमन्त्रीले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्पका साथ लिएको बताए । उनले भने, ‘देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा लागेका छौं ।’

प्रचण्डले भने, ‘अब राजनीतिक परिवर्तन त भयो तर राष्ट्र र जनताको जीवनमा र यसको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा खासै परिवर्तन भएको छैन । यसको फाइदा जनतालाई भ्रम दिनेहरुबाट हुन थालेको छ । त्यसका लागि अब जनतामा नयाँ आन्दोलन वा नयाँ खालको क्रान्तिको आवश्यकता भएको छ । हामीले गर्दा मात्र सम्भव छ । अरुले गर्दा यो सम्भव हुने कुरा होइन । त्यहि दृढ संकल्पका साथ सुरु गरिएको आन्दोलन हो, यो भ्रष्टाचार विरुद्धको आन्दोलन । देशमा विद्यमान विकृति विसंगतिका विरुद्धको आन्दोलन हो यो । यो मात्र होइन अब अरु यस्ता फाइलहरु पनि क्रमशः खोलिन्छन् । ठूल्ठूला भ्रष्टाचारका काण्ड भनेर स्थापित छन्, तिनको खोजिनीति गरिन्छ । यसले जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउँछ । हामीले वर्षौंदेखि थुप्रिएर बसेको विसंगति रातारात अन्त्य हुने कुरा पनि होइन ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ३ : २२ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड