५ श्रावण २०८३, मंगलबार | July 21, 2026

किङ्ग्स लाउन्ज पोखरामा गुन्जिए कालीप्रसाद



काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा र उनको साथीभाई व्याण्ड किङ्ग्स लाउन्ज पोखरामा गुञ्जिएका छन् । लाउन्जको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा कालीले आफ्ना पुरानादेखि नयाँ गीत दर्शकलाई सुनाए ।

पीभीई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा कालीले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन पर्यो’, ‘लप्पन छप्पन’ र ‘पारी त्यो डाँडामाथि’लगायतका गीत सुनाएका थिए । लाउन्जले वार्षिकोत्सवमा कालीको कार्यक्रम हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज हाउसफूल भएको थियो ।

काली नेपालसहित, भारत, अमेरिका, क्यानाडा र अष्ट्रेलियामा सांगीतिक टुरको तयारी गरिरहेका छन् । लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौतीका बाबजुद पनि लाउन्जले चार वर्ष पुरा गरेकोमा खुशी व्यक्त गरे । पोखरामा किङ्ग्स लाउन्जलाई उत्कृष्ट सेवा र परिकारका लागि चिनिन्छ ।

कार्यक्रममा चार वर्षदेखि लाउन्जमा निरन्तर खटिरहेका कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ६ : २३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान