१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कालीले नचाए काठमाडौं



काठमाडौं । कोभिड महामारीपछि पहिलोपटक गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले काठमाडौंमा आफ्नो प्रस्तुति दिएका छन् । गत शनिबार दरबारमार्गस्थित क्लब प्लाटिनममा उपस्थित उनले ‘कालीप्रसाद बासकोटा लाइभ’मा आफ्ना लोकप्रिय गीत सुनाए ।

कालीले आफ्नो प्रस्तुति दिनुअघि गायक उदिपध्वज थापाले गीत गाउँदा उनलाई गितारमा चन्दनध्वज केसीले गितार तथा स्वर र पुरस्कार खड्काले गितारमा साथ दिएका थिए ।

रातिको ११ बजे स्टेजमा देखिएका कालीले ‘हेराईका थलहरु’सहित कुल ११ वटा आफ्ना गीत गाएका थिए । उनले ‘साइली’, ‘नाँचन मैया नाँचन’ गीत गाउँदा उनको गीत सुन्न अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी, निर्देशक अनमोल गुरुङ, हेमराज बिसी, गायक सनुप पौडेल र निर्देशक आसिफ शाह उपस्थित थिए ।

कार्यक्रममा निश्चलले कालीसँगै फिल्म ‘कबड्डी कबड्डी’को ‘नाँचन मैया नाँचन’ बोलको गीत गाएका थिए ।

यसै महिना नयाँ गीत ल्याउन लागेका गायक उदिपध्वजले एकै स्टेजमा कालीसँगै गीत गाउन पाउँदा खुशी लागेको बताए । पोजेटिभ भाइब्स इन्टरटेनमेन्टका प्रस्तुति र सुमन एम श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा दर्शक निकै रमाएका थिए ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : ५४ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका