६ आश्विन २०८०, शनिबार | September 24, 2023

भारत भ्रमण निस्कनुअघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको प्रचण्डको भेटघाट



काठमाडौं । भारत भ्रमणमा निस्कनु केही घन्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्ड बिच भेटबार्ता भएको हो । भेटबार्ता जारी छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन । उनीहरु हिजो राति मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्।

भारत भ्रमणमा निस्कनु केही घन्टा अघि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको छलफलको संयोग परेको छ । तर, भेटघाटमा के भयो ? त्यो भने अझै बाहिर आएको छैन ।

माओवादी महासचिव देव गुरुङको निमन्त्रणमा वाङ स्यावहोइको टोली काठमाडौं आएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १० : ०८ बजे

क्यानले पायो नयाँ कार्यसमिति, उपप्रधानमन्त्री खड्काको बधाई तथा शुभकामना

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : यस्तो रहनेछ प्रचण्डको ब्यस्तता

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच

बारामा बोल्न नसक्ने बालिका बलात्कृत

बारा । बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् ।

Prime Minister Prachanda, Chinese President Xi meet

Beijing: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ who arrived here