९ कार्तिक २०८३, सोमबार | October 26, 2026

पहिचानको सवालमा कोशी प्रदेशमा एमाले एक्लिँदै, कांग्रेसका १२ सभापतिहरुले मागे पहिचान सहितको नाम



विराटनगर । कोशी प्रदेशमा चर्केको पहिचानवादी आन्दोलनले कोशी नामका पक्षमै मतदान गरेका दलहरू धमाधम आफ्नो मतबाट फिर्ता हुन थालेका छन् । कोशी प्रदेशको पक्षमा मतदान गरेको माओवादी केन्द्र पूर्णरुपमा पहिचानको पक्षमा फर्किसकेको छ भने कांंग्रेसका १४ जिल्लाका सभापतिहरुले वक्तब्य नै निकालेर कांग्रेस नेतृत्वलाई पहिचानको पक्षमा उभिन माग गरेका छन् । उता पहिचनकै आन्दालनका कारण जसपा सरकारबाट आजबाट बाहिरिएको छ ।

कोशी प्रदेशका पक्षमा मतदान गरेको कोशीको मुख्य विपक्षी दल नेपाली कांग्रेसका प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले बुधबार संयुक्त विज्ञप्ति निकालेर कोशी नाममा पुर्नविचार गर्न र पहिचानको पक्षमा लाग्न माग गरेका छन्।

बिपीकै पालादेखि कांग्रेस समावेशीकरण र पहिचानको पक्षमा उभिएको दाबी गर्दै सभापतिहरूले अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

प्रदेशका १४ वटै जिल्लाका जिल्ला सभापतिहरूले विज्ञप्तिमार्फत पहिचानवादी आन्दोलन विरुद्ध दमनमा नउत्रन माग समेत गरेका छन् । फागुन १७ मा कोशी प्रदेश सभाले प्रदेशको नामकरण गरेको थियो। त्यसपछि प्रदेशमा पहिचानको पक्षमा आन्दोलन उठेको थियो।

‘प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ’, सभापतिहरूले विज्ञप्तिमा भनेका छन्, ‘यो विरोधको सुनुवाई नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।’

 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १ : ५५ बजे

आजदेखि एनपीएलको तेस्रो संस्करण, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै