६ बैशाख २०८१, बिहिबार | April 18, 2024

तीनदिन लगाएर खिचिएको थियो आमिर र करिश्माको चुम्बन दृश्य



मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरले कम उमेरमा अभिनयमा पाइला चालिन् । उनले सन् १९९१ मा रिलिज फिल्म ‘प्रेम कैदी’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले ‘जिगर’, ‘अनाडी’, ‘राजा बाबु’ र ‘जीत’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।

उनले सन् १९९६ मा फिल्म ‘राजा हिन्दुस्तानी’मा अभिनय गरिन् । उनको अपोजिटमा आमिर खान थिए । यो फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै मनपराए । तर फिल्ममा दुवैको एक चुम्बन दृश्यले बढी चर्चा पायो । उनीहरुले वर्षातको समयमा त्यो चुम्बन दृश्य दिएका थिए ।

यो दृश्य खिच्न तीन दिन समय लागेको थियो । करिश्माले राजीव मसन्तको शोमा उक्त दृश्यको बारेमा खुलासा गरेकी थिइन् । ‘मानिसहरु त्यो चुम्बन दृश्यलाई आज पनि ‘ओहो त्यो चुम्बन दृश्य’ भनेर कुराकानी गर्छन् । तर ३ दिनसम्म चलेको उक्त दृश्यको सुटिङका बेला म निकै थकित भएकी थिएँ । हामीले फेब्रुअरीमा ऊटीमा उक्त दृश्यको सुटिङ गरिरहेका थियौं । त्यो सुटिङ कहिले सकिएला भनेर आमिर र म चिन्तित थियौं’, उनले भनेकी छन् ।

करिश्माका अनुसार अत्यन्तै चिसो मौसममा उक्त दृश्य खिचिएको थियो । ‘हड्डी नै कमाउने चिसो थियो । पानी पनि एकदमै चिसो । हामी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सुटिङ गथ्र्यौ । सुटिङ भइरहँदा हामी कामिरहन्थ्यौं’, करिश्माले खुलाएकी छन् ।

फिल्म ‘राजा हिन्दुस्तानी’ सन् १९९६ नोभेम्बर १५ मा रिलिज भएको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको यो फिल्ममा एक ट्याक्सी ड्राइभर र एक धनी परिवारकी युवतीबीचको प्रेमकथा देखाइएको थियो । फिल्ममा करिश्मा र आमिरका अलावा अभिनेता कुणाल खेमू, जोनी लिवर र अर्चना पुरना सिंहको अभिनय थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ५ : ५४ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी