६ श्रावण २०८३, बुधबार | July 22, 2026

आज विश्व दूध दिवस मनाइँदै



काठमाडौं । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन् ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २३ औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाउन लागिएको हो । आम जनताले दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।

दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार-प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने तयारी गरिएको हो ।

दिवसका अवसरमा आज नेपाल डेरी एशोसिएसनले नवीकरण आश्रमका बालबलिाका, ललितपुरमा दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो । नेपाल डेरी एशोसिएसन बागमती प्रदेशले सोही आश्रमका बालबालिकाको पढाइ र खानपिनका लागि रु एक लाख हस्तान्तरण गरेको छ । त्यसैगरी भोलि डेरी उद्योग सङ्घले आमाघरका वृद्धवृद्धालाई कालिमाटीमा बिहान दूध तथा दुग्ध पदार्थ वितरण गर्नुका साथै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूको सम्मान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ३७ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन