२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सेभियाले उचाल्यो युरोपा लिगको उपाधी



काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधी चुमेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेभियाले उपाधी जीत हासिल गरेको हो ।

बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो ।

ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो । यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो ।

सो खेलको ३५ औं मिनेटमा पाउलो डिबालाको गोल गरे पछि रोमाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि कतैवाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १-० अन्तरमा रहन पुग्यो ।

उता, दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १-१ को अवस्थामा आयो । तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गाेल गर्न सफल भए भने सो ट्राइबेकरमा रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो ।

यससँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको हो । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ५३ बजे

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो