१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणी : हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो



मुम्बई । फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाईरहेको छ । यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ । तर, कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेरेका छन । जसका कारण उनी भन्छन, म यो फिल्म हेर्न चाहन्न ।

शाहले भनेका छन् कि, ‘अफवाह’, भीड़का कारणले मात्र यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको हो । उनले यो पनि भनेका छन कि, ‘यो फिल्मले धेरै बढी कुराहरू रहेका छन् । त्यसैले म यो फिल्म हेर्न चाहान्न ।’

नसुरुद्दीन शाहले यस खाले प्रवृत्तिलाई जर्मनीको नाजीवादसँग जोडेका छन् । हिटलरको पालामा सरकार वा नेताहरूले फिल्म निर्मातालाई आफूमाथि फिल्म बनाउन लगाउने र सरकारले देशका जनताका लागि गरेको कामको प्रशंसा गर्ने गरेको उनी सम्झन्छन । जसकाकारण धेरै फिल्म मेकरहरु जर्मनी छोडेर हलिउड गएर त्यहाँ फिल्म बनाउने गर्थे । उनका अनुसार अहिले भारतमा पनि हिटलरकाे समयकालकाे याद गराउने गरी सिनेमाकाे काम सुरु भएकाे छ ।

अदा शर्मा स्टारर फिल्म  ‘द केरला स्टोरी’ कथा बलियो भएकाले रिलिज अघि नै चर्चामा आयो । रिलिज भएको केही साता बितिसक्दा पनि यो चलचित्रलाई लिएर विभिन्न किसिमका बहस जारी छ । तर, विवादका बाबजुद पनि यो फिल्मलाई दर्शकले रुचाइरहेका छन् ।

धेरैले यो फिल्मलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् तर अभिनेता कमल हसन र कोलकाताका फिल्ममेकर अनिक चौधरीले यसलाई ‘प्रोपगाण्डा फिल्म’ भनेका छन्, जसका कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : १४ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको