५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणी : हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो



मुम्बई । फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाईरहेको छ । यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ । तर, कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेरेका छन । जसका कारण उनी भन्छन, म यो फिल्म हेर्न चाहन्न ।

शाहले भनेका छन् कि, ‘अफवाह’, भीड़का कारणले मात्र यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको हो । उनले यो पनि भनेका छन कि, ‘यो फिल्मले धेरै बढी कुराहरू रहेका छन् । त्यसैले म यो फिल्म हेर्न चाहान्न ।’

नसुरुद्दीन शाहले यस खाले प्रवृत्तिलाई जर्मनीको नाजीवादसँग जोडेका छन् । हिटलरको पालामा सरकार वा नेताहरूले फिल्म निर्मातालाई आफूमाथि फिल्म बनाउन लगाउने र सरकारले देशका जनताका लागि गरेको कामको प्रशंसा गर्ने गरेको उनी सम्झन्छन । जसकाकारण धेरै फिल्म मेकरहरु जर्मनी छोडेर हलिउड गएर त्यहाँ फिल्म बनाउने गर्थे । उनका अनुसार अहिले भारतमा पनि हिटलरकाे समयकालकाे याद गराउने गरी सिनेमाकाे काम सुरु भएकाे छ ।

अदा शर्मा स्टारर फिल्म  ‘द केरला स्टोरी’ कथा बलियो भएकाले रिलिज अघि नै चर्चामा आयो । रिलिज भएको केही साता बितिसक्दा पनि यो चलचित्रलाई लिएर विभिन्न किसिमका बहस जारी छ । तर, विवादका बाबजुद पनि यो फिल्मलाई दर्शकले रुचाइरहेका छन् ।

धेरैले यो फिल्मलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् तर अभिनेता कमल हसन र कोलकाताका फिल्ममेकर अनिक चौधरीले यसलाई ‘प्रोपगाण्डा फिल्म’ भनेका छन्, जसका कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : १४ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान