३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

भारत भ्रमणमा गएका प्रधानमन्त्रीले गलत सहमति गर्नसक्ने : नेता पोखरेल



सिरहा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खवरदारी गर्नुपर्ने जनाएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत बताएका छन् ।

एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित कुनैपनि सहमति सम्झौता मान्य नहुने उनकाे भनाई थियाेर । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत र व्यवस्थित पार्टी वनाउन कार्यकर्ताहरुलाई आव्हानसमेत गरेका छन् ।

साेही अवसरमा नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव र जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गोलबजार नगरपालिकामा भने आज पार्टी प्रवेश कार्यक्रममा धेरैजसोले गएको प्रदेश तथा प्रतिनिधीसभाकै निर्वाचनको वेला पार्टी प्रवेश गरेकाहरुको लर्को रहेको देखिएको बताए। नेकपा एमालेकै एक कार्यकर्ताले भने, ‘पार्टी प्रवेश भनेपनि गत प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचनकै क्रममा पार्टीमा आएकाहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यजस्तो भयो ।’

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, जिल्लाका निर्वाचित नगरपालिकाका मेयर तथा अध्यक्षहरु र पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ५६ बजे

सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन

सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना

नेपालगन्ज । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना

विपद्लाई राजनीतिकरण गर्नुहुँदैन : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण

महसुल उठाउने नाममा उद्योगीलाई दबाब नदिन औद्योगिक क्षेत्र उद्योग महासङ्घको आग्रह

काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार