४ पुस २०८२, शुक्रबार | December 19, 2025

लागु औषध ब्राउनसुगर सहित बुटवल ज्योतीनगरबाट २ युवा पक्राउ



बुटवल । बुटवल प्रहरीले लागु औषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगर ३ ज्योतीनगरबाट ५ सय मिलिग्राम ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मी रेसुङगा नगरपालिका वडा नं ५ बर्दबास घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगर पालिका वडा नं ३ स्थित कोठा भाडामा बस्ने बिष्णु कुवँर र स्थानीय तरुन राना रहेका छन् ।

ब्राउनसुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राती पुगेको इलाका प्रहरी कार्यालय बुटवलको टोलीले कुँवरको कोठा खानतलासी गर्दा सो परिमाणको ब्राउनसुगर र लागु औषध ओसारपसारमा प्रयोग भइरहेको लु ४६ प ४६६९ नम्बर प्लेट लेखिएको मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरकिा अनुसार पक्राउ परेका दुबैजनालाई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ५१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज