२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ओखलढुंगाका डाक्टर वसन्त कार्की मृत अवस्थामा फेला



काठमाडौं । ओखलढुंगाका डा. वसन्त कार्की सुन्धाराको एक होटलमा मृत अवस्थामा फेला परेका छन् ।

बुधबार साँझ ६ बजे प्रहरीले डा. कार्कीलाई सुन्धारास्थित एक होटलमा उनी बसिरहेकै कोठाभित्र मृत अवस्थामा फेला पारेको हो । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी भेषराज रिजालकाअनुसार बुधबार साँझ उनी होटलको आफू बसिरहेको कोठामा मृत अवस्थामा फेला पारेको थियो ।

हिजो साँझ ४ः५ बजेसम्म बाहिर ननिस्केपछि होटलवालाले ढोका ढकढकाउदा नखुलेपछि प्रहरीलाई खबर गरेको थियो।

ढोकाको काँचको छिडीबाट हेर्दा सुतिरहेको अवस्थामा देखेपछि ढोका फोडेर भित्र पस्दा कार्की मृत अवस्थामा थिए ।

प्रहरीकाअनुसार केही विषका बट्टाहरु पनि  सुतेको कोठाबाट बरामद भएका छन् । प्रहरीले उहाँलाई मुखबाट फिज निस्केको अवस्थामा फेला पारेको थियो । अहिले घटनाबारे  प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

डा. कार्कीले १५ जेठबाट कोठा लिएर बसेको जानकारी आफूहरुलाई प्राप्त भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए । प्रहरीकाअनुसार उनले आफू वर्कसपका लागि प्रिजेन्टेसनको तयारी गरिरहेकाले डिस्टर्व नगर्न होटलका कर्मचारीलाई आग्रह गरेका थिए ।

नेपाल चिकित्सक संघले डा. कार्कीको असामयिक निधनबाट स्तब्ध भएको जनाएको छ । ‘ओखलढुंगाको सच्याम स्थायी घर भएका डा. कार्कीले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए । छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत  दुई वर्ष छात्रवृत्ति करारनामाअनुसार ओखलढुंगामै काम गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : ४२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री