२९ जेष्ठ २०८३, शुक्रबार | June 13, 2026

आजको मौसम : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू-भागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ६ : ०९ बजे

सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन

सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना

नेपालगन्ज । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना

विपद्लाई राजनीतिकरण गर्नुहुँदैन : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण

महसुल उठाउने नाममा उद्योगीलाई दबाब नदिन औद्योगिक क्षेत्र उद्योग महासङ्घको आग्रह

काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार