१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एन्फा-क्लब विवाद : आजबाट कालोपट्टी लगाएर खेलाडीले फुटबल खेल्ने



काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट स्थगित हुन पुगेको छ । जुन १५ गते देखी सुरु हुन लागेको साफ च्याम्पियनसिपका तयारीका लागि हिजोबाट सुरु भएको प्रशिक्षण आजबाट स्थगित भएको हो ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले लिग जारी रहेको बखतमा खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको भन्दै क्लबहरुले असहमति जनाएपछि आजबाट प्रशिक्षण बन्द गरिएको हो ।

‘यही जुन २१ बाट सुरु हुने साफ च्याम्पियनसिप र सोका लागि तयारी स्वरुप जुन १५ मा फिलिपिन्ससँग नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्न लागेको मैत्रीपुर्ण खेलका लागि मिति २०८० जेठ १८ बाट राष्ट्रिय टोलीले शुरु गरेको प्रशिक्षण मिति २०८० जेठ १९ गते बिहान दशरथ रंगशालामा पुर्वनिर्धारित समयमा हुने र ए डिभिजन क्लबहरुले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरिएको सबैमा जानकारी गराउँदछु,’ प्रवक्ता, सुरेश शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेपछि क्लबहरु एन्फा असन्तुष्ट बन्दै खेलाडी नपठाउने घोषणा गरे पछि एन्फा आफनो निर्णयबाट पछि हटन बाध्य भएको हो ।

राष्ट्रिय टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले राष्ट्रिय टोलीका खेलाडीलाई बिहीबार बिहानबाट प्रशिक्षणका लागि बोलाएका थिए ।

साथै, क्लबहरुले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याचलगायत रकम उपलब्ध नगराएसम्म जेठ १९ गतेदेखि विरोध स्वरूप सबै खेलाडी र पदाधिकारीले कालो पट्टि लगाएर खेल्ने निर्णयसमेत गरेका छन् ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : १३ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने