५ पुस २०८२, शनिबार | December 20, 2025

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!



काठमाडौं । आज हामी बास्तु रंगका बारेमा कुरा गर्नेछौं । यी कुरालाई ध्यानमा राखेर बार अनुसारका रंग परिबर्तन गरेर  लुगा लगाउनुहोस्, यसो गर्नाले तपाईको जीवनमा ठूलो परिवर्तन आउनेछ । लामो समयदेखि चलिरहेको समस्यालाई धेरै हदसम्म समाधान गर्न सकिन्छ ।

वास्तु विज्ञ बिन्दु शाङ्गरीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रंगको पहिरन लगाउने ? भन्ने बारे जानकारी दिएकी छिन् ।

अब बिलम्ब नगरी उनको कुरा सुनौ‌ ।

पहिलो दिन अर्थात आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो, बिहीबार पहेँलो, शुक्रबार गुलाबी वा सेतो, शनिबार खैरो वा निलो पहिरन लगाउन बिन्दुले सुझाव दिएकी छिन् । उनका अनुसार यी सबै रंगहरूले तपाईको जीवनमा रंग थप्न काम गर्नेछ ।

यसले तपाईको जीवनमा सकारात्मकता, खुशी, शान्ति र समृद्धि ल्याउनेछ । यो ‘कलर थेरापी’ अपनाएर तपाईको मन पनि शान्त रहनेछ ।

यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रंग लगाउनाले खुशी मिल्छ । यसले तपाईको मुडलाई सुधार्छ, तपाईले रातो रंगको थेरापीबाट मानसिक शान्ति पाउनुहुनेछ र यसले रक्त कोशिकाहरूमा पनि राम्रो प्रभाव पार्छ ।

अर्कोतर्फ, पहेँलो रङ लगाउनाले तपाईको बुद्धिको विकास हुन्छ, तपाईलाइ चनाखो बनाउँछ । नीलो रंगको पहिरनले मनमा हुने उथलपुथललाई शान्त गराउँछ । यो रंग धेरै चिसो मानिन्छ । सेतो रंग शान्तिको प्रतीक हो । गुलाबी रंगले आँखालाई शीतलता दिन्छ, यसले तपाईंको मनमा प्रेम र दयाको संचार प्रदान गर्दछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ०० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य