३ चैत्र २०८२, मंगलबार | March 18, 2026

पाल्पा जिप दुर्घटना अपडेट (मृतक र घाइतेको नामावलीसहित)



पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छ्न् । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा अर्घाखाँची पाणिनी १ की ६५ वर्षिया स्यामकला परीवार, २६ वर्षिय चालक रमेश बिक, अर्घाखांची पाणिनी २ पोखरा थोककी २५ वर्षिया सिता गौतम र २ वर्षिय नावालक संयोग गौतम रहेका छन् । नावालक गौतमको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, चौराहा अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार प्रादेशिक अस्पताल बुटबलमा पाणिनी १ का वर्ष ६६ का राम बहादुर बिक, वर्ष ६ का संयोग गौतम, वर्ष ५ की पर्थिस्ती पोख्रेल, जिल्ला गुल्मी रुरु बलेटक्सार बस्ने वर्ष ९ को सार्थक जवाली र पाणिनी १ बस्ने वर्ष २० को सोलिन परीयार उपचाररत रहेका छन् ।

त्यसैगरि बुटवल स्थित चौराहा अस्पतालमा अर्घाखांची पाणिनी १ बस्ने वर्ष ४४ को विजय पोख्रेल र वर्ष ४० को विजय हरी गौतमको उपचार भइरहेको छ भने भैरहवा मेडिकल कलेजमा अर्घाखाँची छत्रदेव ४ धरमपानी बस्ने वर्ष ७ को समिर पाण्डे, वर्ष १० को अनुप सोमरे, पाल्पा तिनाउ ३ डोभान बस्ने वर्ष ५ की आर्या भण्डारी र आर्याकी आमाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ११ : १८ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड