१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

करेन्ट चाउचाउका उत्पादक यशोदा फुड्सको बदमासी : अर्काको रेपर र ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छर्दै



काठमाडौं। रुपन्देहीबाट उत्पादन हुने करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले पटक पटक अरुको ट्रेडमार्क र रेपर चोरेर उत्पादन गर्ने गरेको फेला परेको छ । एशियन फुड्सको उत्पादन प्रिती चाउचाउको रेपर चोरेर लाली उत्पादन गरेको भन्दै उद्योग बिभागबाट कारवाहीमा परेको यशोदा फुड्सले ६ वर्षपछि नेपालकै चर्चित वाईवाई चाउचाउका उत्पादक सिजी ग्रुपको ट्रेडमार्क चोरेर करेन्ट चाउचाउ उत्पादन गरेको फेला परेको छ ।

केही दिन पहिले गोरखामा चाउचाउमा किरैकिरा भेटिँदा खोलेको चाउचाउको कम्पनीले जिम्मा नलिने गैरजिम्मेवार जवाफ दिएको यशोदा फुड्सले करेन्ट चाउचाउ उत्पादनमा अर्को कम्पनीको ट्रेडमार्क नै चोरेको फेला परेको हो ।

यशोदा फुड्सले २०७४ मा एसियन फुड्सको प्रिती चाउचाउको रेपर नक्कल गरेर लाली चाउचाउ उत्पादन गरेको भन्दै उद्योग विभागले रेपर परिवर्तन सहित बजारको चाउचाउ उठाउन निर्देशन सहितको कारवाही गरेको थियो । यशोदा फुड्सले अहिले फेरी त्यही बदमासी गरेको भन्दै कम्पनी विरुद्ध मुद्दा परेको छ ।

नेपालको पुरानो चाउचाउ वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेसँगै करेन्टको उत्पादकको बदमासी सार्वजनिक भएको हो ।

सिजी ग्रुपले सोमबार विज्ञप्ति जारी गर्दै यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन र उपभोक्ताको अधिकार हनन गरेको आरोप लगाएको छ । सिजीले ट्रेडमार्क चोरी गर्ने यशोदा फुड्सलाई तत्काल कारवाहीको माग समेत गरेको छ ।

‘वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो । चार दशकदेखि ग्राहकको पहिलो रोजाईमा रहँदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्‍यापर प्रयोग गरिएको छ,’ सिजीले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ,’ करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो ।’

करेन्टले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेको भन्दै सीजी फुड्सले मुद्दा दायर गरिसकेको समेत विज्ञप्तिमा जनाइएको छ ।

पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममादर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न नहुने प्रावधान रहेको छ । उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुवहु नक्कल गरि प्रयोग गरिएको अवस्थामा ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्रा अनुसार १ लाख रूपैयाँसम्म जरिवाना र सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ ।

गत वर्ष नै दायर गरिएको मुद्दा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको जनाइएको छ । मुद्दा दर्ता भएको लामो समय भएपनि यशोदाका संचालकमा रहेका चुन्नु प्रसाद पौडेल र नरेश्वर पौडेलले सत्तारुढ कांग्रेसको आडमा मुद्दाको कारवाहीलाई रोक्दै आएको बताइएको छ ।

यशोदाका संचालक बुटवल उपमहानगर पालिका वडाम नम्बर ४ का वडा अध्यक्ष तथा नरेश्वर बुटवल उद्योग वाणिज्य संघका कार्यसमित सदस्य हुन् भने चुन्नु पौडेल नेपाली कांग्रेसका सक्रिय नेता हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ७ : ३१ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर