१७ असार २०८३, बुधबार | July 1, 2026

यू-२० महिला एसियन कप छनौट : नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दैै



काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिडदैछ । एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल साँझ साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामीमा कुनै पनि टिमलाई हराउन सक्ने क्षमता छ, हामी हरेक म्याच जित्नकै लागी खैल्छौँ,’ प्रशिक्षक यमप्रसाद गुरुङले भने, फिफा वरीयतामा हामी भन्दा माथी भएका टिमहरु छन् तर उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।’

प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले आज म्यान्मारसँग दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो ।

छनोटको समूह ‘बी’ मा नेपालमा नेपाल र म्यानम्मारसँगै चीन र चाइनिज ताइपेई छन् । जससँग नेपालले आगामी जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेइसँग  प्रतिस्पर्धा गर्नेछ ।

जसबाट उत्कृष्ट टोलीले उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान

रक्षक : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य

फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ६ : ४९ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित