२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी



काठमाडौं । छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ ।
महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताएका छन् ।
महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो । साथै छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति एवं स्वीकृति समेत रद्द गर्ने चेतावनी दिएको छ ।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गर्नुपर्ने छ ।”
महानगरले छावृत्ति उपलब्ध गराएको विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी समेत दिएको छ । महानगरले छात्रवृत्ति उपलब्ध नगराउने ३४२ विद्यालयको सूची समेत प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ११ : ०४ बजे

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि