७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र आणविक अप्रसार सन्धीका कार्यकारी सचिव रोर्बटबीच भेटवार्ता



काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धी संगठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएड बिच शिष्टाचार भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएड बिच सिंहदरबार स्थित संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटमा अध्यक्ष तिमिल्सनाले नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निशस्त्रीकरणको पक्षधर भएको बताए ।

‘सबै प्रकारका हतियारको निशस्त्रिकरण नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्षको रुपमा रही आएको छ,’ उनले भने, ‘नेपाल हात–हतियार दौडको विरुद्धमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्व र सम्पूर्ण निशस्त्रिकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरुप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’

अध्यक्ष तिमिल्सिनाले संसदको चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिदै सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरुको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताए ।

नेपाल शान्ति र अहिंसाका प्रर्बद्धक गौतम बुद्धको देश भएका कारण नेपालले सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको पनि स्मरण गराए । सिटिबिटीयोका कार्यकारी सचिब फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपुर्वी एसियाका धेरै देशहरुले सन्धी अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धी अनुमोदन हुने विश्वास ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १२ : १५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल