३० कार्तिक २०८३, सोमबार | November 16, 2026

जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो…



काठमाडौं । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौं फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ ९–८० जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट)ले पाएपछि जहाज काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।

प्रवक्ता सिटौलाले भने, “विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०ः३० बजे अर्कै जहाजको उडानबाट गन्तव्य लगिएको छ ।”

काठमाडौं विमानस्थलबाट विहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ । उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पुर्‍याइएको पनि थियो ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १२ : ४३ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी