१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय, समर्थन समेत फिर्ता



विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ ।

माओवादीको कोशी प्रदेशसभा संसदीय दल र पदाधिकारी आज विराटनगरमा बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गर्दै बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ ।

हिम्मत कार्की नेतृत्वको सरकारमा माओवादीबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

सरकारबाट माओवादी बाहिरिएसँगै एमाले नेता कार्की नेतृत्वको सरकार संकटमा परेको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १२ : ५३ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य