२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

‘अखण्ड भारत’ को नक्सामा नेपाली भू-भाग समावेश भएको भन्दै युवा संघले बुझायो ज्ञापनपत्र



भैरहवा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही जिल्ला कमिटीले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भू-भागहरुसमेत समावेश गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

युवा संघ रुपन्देहीका अध्यक्ष विकास जंग बस्नेत नेतृत्वको टोलीले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै नेपाली भूमिलाई भारतीय नक्सामा पार्ने भारतीय हेपाहा प्रवृत्तिप्रति गम्भिर हुन आग्रह गरेको छ ।

भारतले आफ्नो संसद् भवनमा राखेको नक्सामा बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणमा उक्त विषय नउठाइएको भन्दै आपत्ति जनाएको छ । युवा संघले बुझाएको ज्ञापनपत्रमा भारतले नेपालको भू-भाग समेटेर बनाएको नक्सा सच्याउन पहल गर्न संघले नेपाल सरकारसँग माग गरेको छ ।

ज्ञापनपत्रमा प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरी नेपाली भुभागको रुपमा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भागको सट्टापट्टा गर्न सकिने भनी दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको उल्लेख छ । युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणको सम्मुखमा सार्वभौम संसदलाई छलेर निष्कृय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरिएकोप्रति आपत्ति जनाएको छ ।

यसका साथै नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शिर झुकेको भन्दै उक्त प्रकरण सन्दर्भमा निष्पक्ष छानवीन तथा अनुसन्धान गरी दोषीहरु माथै हदैसम्मको कारवाही गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य कल्पना पांडे मगर, लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण मल्ल ठकुरी, जिल्ला उपाध्यक्ष दिपक खडकी, सचिव दिपेश कंडेल, सह-सचिव नवराज थापा, कोषाध्यक्ष नारायण थापालगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  २ : ०८ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने