२१ भदौ २०८३, आइतबार | September 6, 2026

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् ।

खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, “खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ । विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताए । “खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहना जस्तै हो । अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ”, उनले भने–“भू–स्वर्ग भनेकै खप्तड भएको हुँदा जिवित हुँदा नै सबैले खप्तड पुग्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सांसद, प्रदेशसभा सदस्य, विभिन्न देशका राजदूत, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत खप्तड पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलन यही जेठ २५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ४ : ४५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त