१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रकम कुम्ल्याएर बेपत्ता भएका शाइन सहकारीका अध्यक्ष विदेश उड्ने हल्ला सुनेपछि प्रहरी गुहार्दै बचतकर्ता



बुटवल । बचतकर्ता, लगानीकर्ता र कर्मचारीको लाखौ रकम लिएर बेपत्ता भएका शाइन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनालको खोजी गर्न इलाका प्रहरी कार्यालय बुटवलले तदारकता नदेखाएको भन्दै बचतकर्ताहरु जिल्ला प्रहरी कार्यालय गुहार्न भैरहवा पुगेका छन् ।

बुटवलबाट सम्पर्क बिहिन भएका खनाल विदेश जाने हल्ला सुनेसँगै बचतकर्ताहरू उनालाई विदेशजानबाट रोक्न माग गर्दै जिल्ला प्रहरी कार्यालय गुहार्न पुगेका हुन् ।

बचतकर्ताहरुको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले सबै युनिटहरुमा खोजविनका लागि पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बचतकर्ताले अध्यक्ष खनाल बुधबार विदेश जान लागेको जानकारी पाएपछि विदेश जानबाट रोक लगाउन भन्दै प्रहरीमा निवेदन परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । उनले सहकारीका अध्यक्ष खनालको खोजविनका लागि मातहतका युनिटहरुमा सूचित गरिएको पनि बताए ।

सहकारीबाट पीडित बचतकर्ता टेकराज पन्थीले अध्यक्ष खनाल विदेश जान सक्ने देखिएकाले प्रहरीमा सहयोग मागिएको बताए । सम्पर्क बाहिर रहेका खनालले काठमाडौंमा रहेको सूचना सार्वजनिक गरेपनि उनी अर्घाखाँचीको मैदानामा पछिल्लो पटक देखिएको स्रोतले दाबी गरेको छ । पछिल्लो सम्पर्कमा अध्यक्ष खनालले केही मिडियामा समाचार आएपछि आफू सम्पर्कविहीन हुनुपरेको जानकारी दिँदै छिट्टै सबैको हिसाव मिलाउने आश्वासन दिएको पीडितहरूले बताएका छन्।

खनालले बचतकर्ता, लगानीकर्ता सहित कर्मचारीको तलव र सहकारीमा राखेको निक्षप रकम समेत कुम्ल्याएर बेपत्ता भएको पीडितहरुको गुनासो छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ३४ बजे

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था