७ भदौ २०८३, आइतबार | August 23, 2026

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)



काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नामावली सार्वजनिक गर्न सुरु गरेको छ । समितिले पहिलो चरणमा आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ ।

अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाम पनि क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ। समितिले आज एक सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरेको छ । ऋण चुक्ता गर्न नआए कानुन बमोजिम असुली गरिने सूचनामा उल्लेख छ छ । अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले नामावली सार्वजनिक हुनुअघि त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ।

समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ९ : ५१ बजे

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको

१४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका लागि फर्किएका छन् ।

सुनको मुल्य बढ्यो, चाँदीको घटयो

काठमाडौं।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल

चिनिया रोबोटले तोड्यो उसेन बोल्टको १०० मिटरको विश्व कीर्तिमान

बेइजिङ । चीनको राजधानी बेइजिङमा दोस्रो विश्व मानवोइड रोबोट खेलकुद