८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलमा मासुपसलको अनुगमन सम्झाईबुझाईमै सीमित, जतिपटक अनुगमन त्यतिपटक कुहिएको मासु



बुटवल । बुटवल उपमहानगरको अनुगमन पछि कारवाहीको ब्यवस्था कमजोर भएपछि जतिपटक अनुगमन गरेपनि उपमहानगरका मासु पसलहरुमा दुर्गन्ध र कुहिएको मासु भेटिन छाडेको छैन । हरेक पटकको अनुगमनमा सम्झाई बुझाई छाडिने प्रबृत्तिले मासु पसलेहरुमा नियमनको चासो नदेखिएको हो ।

उपमहानगरको पछिल्लो अनुगमनमा ब्यवसायीहरुलाई नियमन सिकाउने जिम्मेवारीमा रहेको मासु व्यवसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बाल कुमार श्रेष्ठ स्वयंमको पसल मापदण्ड पालना नगरि संचालन भएको फेला परेको छ । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको मासु पसलहरुको अनुगमनका क्रममा मासु व्यवसायी संघका कार्य समिति सदस्य श्रेष्ठको नाममा रहेको कुसल पोल्टी सप्लायर्स मापदण्ड विपरित संचालनमा रहेको फेला परेको हो ।

उनले आफ्नो पसलमा खुल्ला स्थलमा बध गर्ने गरेको, पसलमा टायल मार्वल नलगाएको, प्रर्याप्त पानीको ब्यवस्था नगरेको, बधस्थल फोहोर र दुर्गन्धित भएको भेटिएको अनुगमन टोलीले जनाएको छ । श्रेष्ठ मासु व्यवसायी संघकै पोल्टी तर्फका संयोजक समेत हुन् भने उनले दैनिक मासु पसलहरुलाई कुखुरा तयार गरी विक्रि पनि गर्दै आएका छन् । जिम्मेवार व्यक्तिले नै मापदण्ड पालना नगरेरै व्यवसाय सञ्चालन गरेको भेटिएको अनुगमन समितिका संयोजक एवं बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् ।

अनुगमन समितिले १५ दिन भित्र बधशालालाई कम्पाउण्ड गर्न, टायल मार्वल लगाउन श्रेष्ठलाई निर्देशन दिएको उनले बताइन् । त्यस्तै अनुगमन टोलीले बुटवल गोलपार्कमा रहेको स्याङजाली मासु पसलबाट कुहिएको मासु बरामद गरि नष्ट गरेको छ । अनुगमनका क्रममा सो मासु पसलमा कुखुराको ८ केजी मासु कुहिएको अवस्थामा भेटिएको थियो । टोलीले उक्त मासु बुटवल उपमहानगरपालिका भित्र ल्याएर गाडेको छ । बुधबार कुसल र स्याङजाली मासु सहित अन्य १५ वटा मासु पसलमा अनुगमन समितिले अनुगमन गरेको थियो ।

उपभोक्ताको स्वास्थ्य संग प्रत्यक्ष जोडिएको मासु व्यवसायमा व्यवसायीहरुले सामान्य मापदण्ड पनि पालना नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन गरेको जनाएको छ ।

जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज जफत गरी नष्ट गरेको समितिले जानकारी दिएको छ ।

अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकैठाउमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरुलाई अहिलेको पटक पनि चेतावनी दिदै सुधार गर्न निर्देशन दिएर उन्मुक्ति दिइएको छ ।

उनले यसपटकपनि अनुगमन पछि प्रतिक्रिया दिँदै मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकाहरुलाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने बताईन ।

आजको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका स्याङ्जाली मासुपसललाई ५ हजार, मेहदी मासु पसललाई ५ हजार जरिवाना गएिको अनुगमन तथा सरसफाई शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए । पटक पटक गरि ४० हजार बढी जरिवाना असुल भएको पनि उनले जानकारी दिए ।

सामान्य जरिवाना तिरेर र उपमहानगरमा हाजीरी गरेको भरमा उन्मुक्ति पाउने गरेकाले बुटवलका मासु पसलेहरुमा दण्डहिनता बढेको उपभोक्ताहरुले बताएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ६ : १४ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु