३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

देवदह प्रेस क्लबको आयोजनामा मिडिया फेष्टिवल २०८० सुरु



देवदह । रूपन्देहीको देवदहमा देवदह मिडिया फेष्टिवल सुरु भएको छ । देवदह प्रेस क्लबले आयोजना गरेको फेष्टिवलको बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गरेका हुन ।

फेष्टिवलको उद्घाटन गर्दै सभामुख घर्तीले मुलुकमा सुशासन कायम गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले राजनीतिक दलका नेता र प्रशासकमा ब्याप्त अहंकार र दम्भका कारण सुशासनमा समस्या देखिएको बताउदै त्यसलाई चिर्ने काममा पत्रकारको पनि भुमिका हुने भनाई राखे ।

पद, प्रतिष्ठा र पैसाको लोभले समाज अराजकतातर्फ उन्मुख भएको भन्दै उनले समाजलाई सहि ट्रयाकमा ल्याउन पत्रकारहरूले कलम चलाउनुपर्ने औंल्याए ।

क्लबका अध्यक्ष विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्गबहादुर खत्री, देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्लेहीका अध्यक्ष रामराज पा्ख्रेल, प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल,  प्रेस सेन्टरका रुद्रहरी कुवर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्यसै अवसरमा देवदह क्षेत्रका पुराना पत्रकारलाई सम्मान गरिएको थियो । फेष्टिवल तीनदिनसम्म चल्ने छ । पहिलो दिन बुधवार नेपाली पत्रकारिता: अभ्यास र अबको बाटो, देवदहमा मिडिया र मिडियामा देवदह दुईवटा विषयमा प्यानल डिस्कसन गरिएको छ ।

त्यस्तै भोली र पर्सी ऐतिहासिक कोलीय राज्य र लुम्बिनी क्षेत्रको विकास, देवदहको पर्यटन विकासमा सामुदायिक वन र सहकारी, रैथाने खाना र मकै सभ्यता, देवदहमा शिक्षाको वर्तमान अवस्था तथा स्थानीय तहमा न्याय सम्पादन र चुनौतीको विषयमा प्यानल डिस्कसन गरी ठोस निष्कर्ष निकालिने देवदह प्रेस क्लबकी उपाध्यक्ष तथा फेस्टिवलकी सहसंयोजक कमला अर्यालले जानकारी गराए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १० : २२ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क