७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

स्याबासीको धाप पाए पनि साथ नपाएपछि बुटवलको ‘मगर्स किचेन’मा झुण्डियो ताला



बुटवल । सेवा दिएर संस्कृति जोगाउने अभियानमा लागेका एकजना युवाको सपना आर्थिक मन्दी र सरकारी उदाशिनताका कारण बिचबाटोमै अलपत्र परेको छ । देशकै मध्यभागमा पर्ने बुटवल शहरबाट सेवाका साथमा संस्कृति जोगाउँछु भनेर कम्मर कसेका ती युवाको सपनामा होस्टेमा हैंसे गरिदिने सारथी नपाएपछि बिचबाटोमै अलपत्र परेको हो ।

२०७६ साल फागुन २१ गते बुटवलमा मगर्स किचेनको उदघाटन हुँदा धेरै बुटवलबासीलाई पहिचान सहितको भान्छाघर खुलेको महसुस भएको थियो । कंक्रिटका घना जङ्गल भित्र छुट्टै पहिचान दिने मगर किचनले धेरैको ध्यान तान्न सफल भएको थियो । शहरीया जीवन शैलीमा हुर्केका युवालाई संग्रालयकै रुपमा रहेको मगर किचनमा राखिएको सजावटका सामाग्रीले नेपालको पुरानो संस्कार र परम्परालाई जस्ताको तस्तै उजागर पनि गर्न सकेको थियो ।

रिसेप्सनमा टेबलको सट्टा मदुस, टेप रेकर्ड, मोही पार्ने ठेकी, मुवालो, भरुवा बन्दुक, सिरुपाते खुकुरी, ढिकी जाँतो, कोक्रो, ठुन्से जस्ता सामाग्रीको सजावटले मगर किचेन जाने जो कोहीलाई विगतमा पहाडमा मेलापात गएको, खेतबारी खनजोत गरेको, रोदी बसेको झल्को दिलाउन सकेको थियो ।

उदघाटन भएको ३ वर्ष तीन महिनामा त्यही सबैलाई आफ्नो विगत झल्काउने मगर किचेनमा ठुलो ताला झुण्डिएको छ । भित्रपस्ने मुल गेटमा तगारो लागेको छ । अर्थात बुटवलबाट सास्कृतिक पहिचान दिन सकेको मगर किचेन बन्द भएको छ ।

गाँउबेसीको भाकामा कविता र गीत लेख्दै हिँड्ने सन्जय काउचाले ईपिएस भाषा परिक्षा दिएर कोरियामा गएर कमाएको सबै पैसा खन्याउँदै मगर किचेनबाट ठुलो सपना बुनेका थिए । देशकै केन्द्रमा पर्ने बुटवलमा आफुले गरेको लगानीले देशैभरका आदीबासी जनजातीको अध्ययनको थलो बन्ने सपना देख्दै मगर जातिको पहिचान संग्राहलय रेष्टुरेन्ट खोलेका थिए । कोरियामा नङ खियाएर कमाएको पैसाबाट उनले स्थानीय विष्णु प्रसाद रेग्मीको सवा नौ धुर जग्गा लिजमा लिएर मगर समुदायको सबै संस्कृति झल्कने गरि पुर्वाधार निर्माण गरेका थिए ।

पस्ने गेटमा लगाइएको तगारो देखि बस्ने आसन सम्ममा मगर संस्कृतिलाई काउचाले उतारेका थिए । खाने भाँडा देखि पस्कने डाडुपन्यु समेत परम्पराकै ढाँचामा उनले व्यवस्थापन गरेका थिए । मगर किचनमा पाइने परिकार पनि पुरै मगर बस्तीको जस्तै । कादो फापरको ढिँडो, लोकल कुखुराको मासु, सिन्कीको अचार, पहाडी सिमीको र मासको दाल, चामल कोदोको स्वादिलो जाँड (छ्याङ), आवश्यकता अनुसार बंगुरका परिकारहरु । हाम्रा बाजे बराजुले खाने सबै खान्की मगर किचेनले पस्कन सकेको थियो ।

मगरको नयाँ वर्ष होस् वा गुरुङ वा थारुको जातिय पहिचान सहितको परिकार मगर्स किचेनमा पाकिहाल्थ्यो । पुस १५, माघे संक्रान्ति जस्ता जनजातीको पर्वमा सांस्कृतिक कार्यक्रम सहित साँस्कृतिक भोज पनि काउचाले आफै व्यवस्थापन गर्ने गर्दथे ।

उदघाटनको बेला देखिएको चहलपहल ३ वर्षपनि टिकेन । अहिले मन्दी र उद्देश्यमा सहकार्य गर्ने साथ नपाएपछि जेठ १ गतेबाट मगर किचेनको गेटमा ताला लागेको छ । उनको सपनामा रहेको सास्कृतिक घर बिस्तारै आर्थिक धरापमा परेको छ । स्वतस्फुर्त ग्राहक आउन छाडेपछि र आसा गरेकाहरुबाट पनि सहयोग नभएपछि काउचा अहिले पीडामा छन् । रेष्टुरेन्ट भन्दा पनि सास्कृतिक घरको रुपमा स्थापना गरिएको उनको यो सपनाको घर अहिले संकटमा छ ।

पुर्वाधार बनाउन ५४ लाख रुपैयाँ खर्च गरेका काउचा आफ्नो प्रयासलाई सार्थक बनाउन आदिबासी जनजाती, प्रदेश सरकार, स्थानीय सरकार र पर्यटनमा काम गर्ने विभिन्न संस्थाहरुमा पुगेका थिए । अनुदान नदिएपनि राज्यले उनको प्रयासलाई अपनत्व कायम गरेर साँस्कृतिक रेष्टुरेन्ट घोषणा गरिदियोस भन्ने उनको चाहना थियो । तर सुरुमा राम्रो काम भन्दै सबै नेताहरुले पिठमा धाप मारेपनि सहयोग गर्ने मामिलामा सबैले उदासिनता देखाएपछि बन्द गनुको विकल्प नभएको काउचा बताउँछन् ।

अरु त अरु मगर समुदायबाटै आफुले साथ सहयोग नपाएको काउचाको गुनासो छ । ‘व्यवसायलाई प्रवर्द्धन गर्नुको साटो समुदायकै केहि संस्थाहरुले खाएको पैसा पनि तिरेनन् ।’ काउचाले भने ।

बुटवल देशकै केन्द्रबिन्दु भएपनि बुटवलमा घुम्नै भने आउने कुनै बहाना नभएको काउचाले बताए । काम विशेषले बुटवल आउँदा बुटवल बस्ने बाहेक घुम्ने र रमाइलो गर्ने उद्देश्यले बुटवल आउने पर्यटक नभएको उनले बताए । उनले आफ्नो प्रयास बुटवलमा घुम्नै आउने उद्देश्य सहितको पर्यटक जन्माउने थियो, तर उद्देश्य प्राप्त गर्न नसकेको पीडा पोख्छन् काउचा ।

उनले रेष्टेरेन्ट बनाउँदा बैंकबाट लोन पनि लिएका छन् । एकातर्फ बैंकको ताकेता अर्को तर्फ जग्गाधनीको कचकच । सपना पुरा गर्न नसकेकोमा उनी अचेल निकै भावुक बनेका छन् । किचेन खोल्दाको बखत प्रदेश मन्त्रालयका सचिवहरु, स्थानीय पालिकाका अधिकारीहरु आएर स्याबास भन्दै धाप मारेर गएपनि उनीहरुबाट आफ्नो प्रयासमा कुनै सहयोग नपाएको काउचाको गुनासो छ । ‘मैले अनुदान मागेको होईन, सरकारी कार्यक्रममा नेपाली परिकार चलाइदेउ, आफ्नो प्रयासलाई ब्राण्डिङ गरिदेउ र कम्तीमा पहिचान बनाईदेउ भनेको मात्र हो,’ उनले भने, ‘तर कसैको पनि आफ्नो प्रस्तावमा ध्यान पुगेन ।’

आफु कुनै दलको आस्था नदेखाएकै कारण सहयोग पाउन नसकेको होकी जस्तो काउचालाई लाग्न थालेको छ । पार्टी र जातिगत रुपमा नलाग्दा सहयोग नमिलेको उनले महसुस गरेका छन् । पर्यटनको नाममा सरकारले गोष्ठी र सेमिनारमा लाखौ रुपैया सिध्याउने गरेपनि नीजि क्षेत्रबाट शुरु गरिएको पर्यटन भुलाउन सक्ने यस्ता संग्राहलयलाई जर्गेना गर्न भने नीतिगत समस्या देखाउदै सहयोग नभएको उनको दुखेसो छ ।

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ७ : १९ बजे

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले