४ पुस २०८२, शुक्रबार | December 19, 2025

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट



काठमाडौ । युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । यसमा ३७ हजार ९४२ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये ५ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पार्न सफल भएका छन् ।

यो एफपीओमा लागि कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकामा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिलले जानकारी गराएको छ ।

लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १२ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको