९ आश्विन २०८०, मंगलबार | September 26, 2023

रामायणमा रणवीर र आलिया राम-सीता



मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने भएका छन् ।  यसअघि यो फिल्ममा सीताको चरित्रमा साउथ अभिनेत्री सई पल्लवीको नाम चर्चामा थियो । तर, अब यो चरित्रमा भने आलिया फाइनल भएकी छन् ।

फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन् । निर्माताले आगामी डिसेम्बर २०२३ सम्ममा सुटिङ सुरु हुनेछ । आगामी दीपावलीमा फिल्मको घोषणा हुने निर्माण पक्षले जनाएको छ । केही साताअघि मात्र अभिनेता रणवीरले फिल्मको प्रगतिको बारेमा बुझ्न डीएनईजीको कार्यालय पुगेका थिए ।

फिल्मको प्रि-भिजुअलाइजेसनको काम पूरा भइसकेको छ । अहिले निर्माण टिमले रणवीरको रामको भूमिकाका लागि लुक टेस्ट गरिरहेको छ । रामको भूमिका लागि लुक्स फाइनल भएपछि उनी फिजिकल ट्रान्सफर्मेसनमा व्यस्त हुनेछन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १ : १४ बजे

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा