५ श्रावण २०८३, मंगलबार | July 22, 2026

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो ।

“हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भने । उनले हिन्दी भाषामार्फत बढी दर्शकसम्म पुग्ने विश्वास व्यक्त गरे ।

चलचित्रका लेखक दीपेन्द्र के खनालले यो विषय समाजसँग जोडिएको बताए । उनले भने, “यो हामीले देखिरहेको र सुनिरहेको कथा हो । यसले हाम्रो कमजोरी औँल्याउनसमेत मद्दत गर्छ ।”

चलचित्रकी अभिनेत्री शिल्पा मास्केले आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको जानकारी दिइन । “बनिरहेका चलचित्रभन्दा फरक छ । यसको कथा सुन्दा नै मलाई राम्रो लागेको हो”, उनले भनिन, “पोस्टर सार्वजनिक हुँदा पाएको चर्चाले ‘नर्भस’ पनि थिएँ । यद्यपि ट्रेलर हेर्दा ढुक्क भएकी छु ।”

अभिनेता कोसिस क्षेत्रीले पनि समाजमा भएको तर दबाइएको कथा चलचित्रमा समेटिएको जानकारी दिए । “यो कथाले सम्भावित घटनालाई देखाउँछ, बुझाउँछ । यसमा काम गर्दा निकै सहज र सरल भयो । फरक गर्ने मेरो प्रयासलाई यसका निर्माता तथा निर्देशकले सहजीकरण गरिदिनुभयो”, अभिनेता क्षेत्रीले भने ।

अर्का अभिनेता गौरभ विष्टले प्रेमी युवाको भूमिका निर्वाह गरेको जानकारी दिए । उनले भने, “यसले मनोरञ्जनसँगै सचेत पनि गराउँछ । यस्ता चलचित्र बिरलै बन्ने गरेका छन् । यसले दर्शकलाई निराश बनाउँदैन ।”

आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुँदैछ । नेपालमा हिन्दी भाषामा प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको वितरक करण श्रेष्ठले जानकारी दिए । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेका हुन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ६ : ५९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं