४ पुस २०८२, शुक्रबार | December 20, 2025

१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम



मुम्बई । अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन् ।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन् ।

सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुर्व्यवहार भोगेकी थिइन् । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महशुस गरिन् । घटनाबारे उनले कसैलाई सुनाइनन् । यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन् ।

‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुर्व्यवहारको शिकार हुन्छ । मलाई थाहा छ कि मैले पनि दुर्व्यवहार भोगेकी थिएँ । त्यो मेरा लागि ठूलो चोट थियो । यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइनँ । मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन् । सोनमका अनुसारा यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो । जहाँ उनी आफ्ना साथीहरुका साथ फिल्म हेर्न गएकी थिइन् ।

‘सबै मानिसहरु केही खानेकुरा किन्न बाहिर गएका थिए । त्यही बेला एक मानिस पछािडबाट आएर मेरो छाती थिच्यो । त्यो बेला म सानी थिएँ, मेरो आकृति थिएन । मेरो छाती थिचेपछि म कामें । मलाई थाहा थिएन कि यो के भइरहेको छ । त्यसपछि म भित्र गएर पुरै फिल्म हेरें । त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ८ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको