२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा



न्युयाेर्क । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरे कि उनीमाथि गोप्य फाइलहरू अनधिकृत रूपमा राखेको आरोप लगाइएको छ ।

विभिन्न आरोपमा अनुसन्धानको सामना गरिरहेका र २०२४ मा पुन: चुनाव लड्ने विचार गरिरहेका पूर्व राष्ट्रपति विरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी खतरा हो ।

– एक संघीय अदालतले डोनाल्ड ट्रम्पलाई गोप्य कागजातहरू हस्तान्तरणसँग सम्बन्धित सात आपराधिक घटनामा अभियोग लगाएको छ । गत वर्ष फ्लोरिडामा उनको मार ए लागो रिसोर्टमा भेटिएका कागजातहरूमा संवेदनशील राष्ट्रिय सुरक्षा जानकारी समावेश थियो ।

– पूर्व अमेरिकी कमाण्डर इन चीफ, जसले दुई पटक महाभियोगको सामना पनि गरिसकेका छन्, अब केन्द्रद्वारा आपराधिक आरोप लागेका ट्रम्प पहिलो पूर्व अमेरिकी राष्ट्रपति बनेका छन् । यी आरोपहरूले उनको राजनीतिक भविष्यमा पनि प्रश्नचिन्ह खडा गरेको देखिन्छ किनकि उनी २०२४ मा हुने राष्ट्रपतिको चुनावमा पुन लड्ने विचारमा छन् ।

– गत वर्ष अगस्टमा एफबीआईले मार ए लागोमा ११०० भन्दा बढी कागजातहरू जफत गरेको थियो, जुन समयमा ट्रम्पले न्यायमा अवरोध गरेको आरोपको सामना गर्नुपरेको थियो । अन्तत:, जनवरी २०२२ मा उनले राष्ट्रिय अभिलेखालयलाई लगभग २०० गोप्य कागजातहरू सहितको १५ बाकसहरू हस्तान्तरण गरेका थिए ।

– आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा डोनाल्ड ट्रम्पले लेखेका छन्, ‘म एक निर्दोष मानिस हुँ, बाइडेन प्रशासन पूर्णतया भ्रष्ट छ, चुनावी हस्तक्षेप र अहिलेसम्मको सबैभन्दा ठूलो ‘विच हन्ट’ जारी छ, अमेरिका फेरि महान होस् ।’

– ७७ वर्षीय डोनाल्ड ट्रम्पमाथि दर्जनौं आर्थिक अपराधको आरोप लगाइएको छ, जसमा एक वयस्क फिल्म स्टारलाई आफ्नो मुख बन्द राख्नको लागि पैसा तिरेर कथित षड्यन्त्र गरेकाे अभियाेगसमेत छ । यी वयस्क फिल्मस्टारले ट्रम्पसँग सम्बन्ध रहेको दाबी गरेका छन् । साे आपराधिक मुद्दा मार्च २०२४ मा सुरु हुने कार्यक्रम छ, ठीक त्यही बेला अमेरिकामा चुनावको मौसम पूर्ण जोशमा छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ७ : ४३ बजे

Your email address will not be published.

बाख्रापालनले फेरियो डम्बरको जीवन

नेपालगञ्ज । साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण

“Hello, My Chinese Doctors” Documentary Screened in Kathmandu

Kathmandu: A documentary highlighting Nepal-China cooperation in the healthcare sector,

काठमाडौंमा ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

काठमाडौं । नेपाल–चीन स्वास्थ्य सहकार्यको कथा समेटिएको ‘नमस्कार, मेरा चिनियाँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलोग्राम सेतो हेरोइनसहित एक

एमाले अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले