९ आश्विन २०८०, मंगलबार | September 26, 2023

ग्रेस ईन्टरनेशनलकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै



बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको छ । कार्यक्रमबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मोटिभेसनल सेमिनारको तयारी पूरा भएको जानकारी दिएको हो ।

यही जेठ ३० गते बिहान ९ बजेबाट सिद्धार्थ कटेज बुटवलमा कार्यक्रम हुने ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईले जानकारी दिए ।

उनले विगत लामो समयदेखी विदेश अध्ययनमा जान चाहने विद्यार्थिहरुलाई सहजिकरण गर्दै आएको संस्थाले यसलाई विद्यार्थीहरुको करिअर र शैक्षिक स्तर सुधार्न सहयोग गर्नेगरी शैक्षिक यात्राको आयोजना गरेको जानकारी दिए ।

ग्रेस ईन्टरनेशनलले विदेश अध्ययनमा जान चाहने विद्यार्थिहरुलाई विगत लामो समय देखी सहजिकरण गर्दै आएको छ । करिअर ,विदेश अध्ययनमा जाँदा विचार पुर्याउनुपर्ने कुरा, अध्ययनपछि नेपालमा अवसरको सम्भावना, भविस्यको योजना बनाउने तरिका लगायतका विषयमा सेमिनार हुने भएको हो ।

कार्यक्रममा बैंकर अनिल केशरी शाह, एन्ड्र पौडेल, सौरभ लोहनी, राधाकृष्ण धिताल, विकास गुरुङ, दिलिपकुमार राजवंशी, सुरक्षा पन्त, रिमा विश्वकर्मा र कैलाश कार्कीले प्रस्तुती दिनेछन् ।

ग्रेसको कार्यक्रममा विद्यार्थीहरुलाई निशुल्क प्रवेशको ब्यवस्थापन गरेको बताउदै ७ सय जनालाइ सहभागी गराईने भट्टराईले बताए ।

अहिले विदेश अध्ययनमा विद्यार्थिहरुको आकर्षण अत्यधिक रहेको भन्दै उनले तर विद्यार्थिहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने भन्दै विदेश अध्ययनको लागि गर्नुपर्ने तयारीहरु, अध्ययन पछिका अवसरका सम्भावनाहरु लगायतको विषयमा विद्यार्थिहरुलाई जानकारी गराउन पनि शैक्षिक यात्रा आयोजना गरिएको बताए ।

कार्यक्रम यसअघि बिर्तामोड, दमक, विराटनगर, पोखरा, चितवन र बाग्लुङमा भईसकेको छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : ५५ बजे

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७