२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ग्रेस ईन्टरनेशनलकाे नि:शुल्क माेटिभेसनल सेमिनार जेठ ३० गते बुटवलमा हुँदै



बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको छ । कार्यक्रमबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मोटिभेसनल सेमिनारको तयारी पूरा भएको जानकारी दिएको हो ।

यही जेठ ३० गते बिहान ९ बजेबाट सिद्धार्थ कटेज बुटवलमा कार्यक्रम हुने ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईले जानकारी दिए ।

उनले विगत लामो समयदेखी विदेश अध्ययनमा जान चाहने विद्यार्थिहरुलाई सहजिकरण गर्दै आएको संस्थाले यसलाई विद्यार्थीहरुको करिअर र शैक्षिक स्तर सुधार्न सहयोग गर्नेगरी शैक्षिक यात्राको आयोजना गरेको जानकारी दिए ।

ग्रेस ईन्टरनेशनलले विदेश अध्ययनमा जान चाहने विद्यार्थिहरुलाई विगत लामो समय देखी सहजिकरण गर्दै आएको छ । करिअर ,विदेश अध्ययनमा जाँदा विचार पुर्याउनुपर्ने कुरा, अध्ययनपछि नेपालमा अवसरको सम्भावना, भविस्यको योजना बनाउने तरिका लगायतका विषयमा सेमिनार हुने भएको हो ।

कार्यक्रममा बैंकर अनिल केशरी शाह, एन्ड्र पौडेल, सौरभ लोहनी, राधाकृष्ण धिताल, विकास गुरुङ, दिलिपकुमार राजवंशी, सुरक्षा पन्त, रिमा विश्वकर्मा र कैलाश कार्कीले प्रस्तुती दिनेछन् ।

ग्रेसको कार्यक्रममा विद्यार्थीहरुलाई निशुल्क प्रवेशको ब्यवस्थापन गरेको बताउदै ७ सय जनालाइ सहभागी गराईने भट्टराईले बताए ।

अहिले विदेश अध्ययनमा विद्यार्थिहरुको आकर्षण अत्यधिक रहेको भन्दै उनले तर विद्यार्थिहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने भन्दै विदेश अध्ययनको लागि गर्नुपर्ने तयारीहरु, अध्ययन पछिका अवसरका सम्भावनाहरु लगायतको विषयमा विद्यार्थिहरुलाई जानकारी गराउन पनि शैक्षिक यात्रा आयोजना गरिएको बताए ।

कार्यक्रम यसअघि बिर्तामोड, दमक, विराटनगर, पोखरा, चितवन र बाग्लुङमा भईसकेको छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : ५५ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख