२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

पाकिस्तानी प्रहरीले दुईको हत्या गरे पछि स्थानीयद्धारा प्रहरी चौकीमा आक्रमण



कराँची । कराँचीमा भएको एक हत्यापछि भीडले प्रहरी चौकीमा आक्रमण गरेको छ । गत शुक्रबार राति कराँचीमा एक व्यक्तिको गोली हानी हत्या गरिएको घटनालाई लिएर प्रहरी चौकीमा आक्रामण गरिएको हो ।

सो घटनापछि एक भीडले शंकास्पद व्यक्तिलाई कुटपिट गर्न प्रहरी चौकीमा आक्रमण गरेको थियो। मिडिया रिपोर्टका अनुसार शुक्रबार सुरजनी टाउन प्रहरी चौकी बाहिर गोली चलाउने संदिग्धलाई हिरासतमा लिएपछि एकाएक अराजकता मच्चिन पुगेको थियो ।

सो अघि भएको घटनामा आक्रमणकारीले यारो गोठ क्षेत्रमा डाँका भएको आशंकामा दुई जनालाई गोली हानेको पाकिस्तानी प्रहरीलाई बताएको छ । जसमध्ये अस्पताल लैजादै गर्दा एक जनाको मृत्यु भएको हो ।

मृतकका आफन्तले अभियुक्तलाई कारबाही गर्न माग गर्दै प्रहरी चौकी बाहिर प्रदर्शन गरेका थिए । सो क्रममा भीडले प्रहरी चौकीमा प्रवेश गर्न खोज्दै ढुंगामुढा गरेको थियो । भीडलाई तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले चार प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : १५ बजे

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा

सार्वजनिक सुरक्षाका लागि लुम्बिनी प्रहरीको नयाँ पहल, तीन दिने विशेष कार्यक्रम घोषणा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी