२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

गर्मीले बर्दियाको जनजीवन प्रभावित



बर्दिया । बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लामा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन् ।

दिनप्रतिदिन यहाँको गर्मी बढिरहेको छ भने दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन थप अस्तव्यस्त बनेको स्थानीय बताउँछन् । अत्यधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र बाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको मधुवन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नृप सोडारीले बताए ।

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शैया अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  २ : ३० बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख