२३ असार २०८३, मंगलबार | July 8, 2026

छ किलो चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ



काठमाडौं । भुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ पठाइएको छ ।

यसैबीच, आजै काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुकाई–छिपाई अवैध रुपमा लैजान लागेको नौ हजार चार सय १३ अमेरिकी डलरसहित दोलखा विगु गाउँपालिका–७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई–छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलरसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए । उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १० : २८ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको